रातु नदीको पुल भाँचिएपछि यातायात सञ्चालनमा समस्या

0
25

काठमाडौं, २८ भदौ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरी र धनुषाको सिमानामा पर्ने रातु नदीको पुल भाँचिएपछि यातायात सञ्चालनमा समस्या भएको छ । केही दिनअघिको वर्षाका कारण रातु नदीमा आएको बाढीले पुल भाँचिएपछि डाइभर्सन निर्माण गरी यातायात सञ्चालनको व्यवस्था गरिए पनि पटकपटक समस्या पर्ने गरेको छ । बाढीले डाइभर्सनसमेत बगाउने गरेकाले महोत्तरीको बर्दिवासमा सवारी साधनको जाम हुने गरेको छ । डाइभर्सनबाट नदी पार गर्न सवारी साधनले धेरै समय कुर्नुपर्दा बर्दिवासमा जाम हुने गरेको हो । सवारी साधनको जामकै कारण सर्वसाधारणलाई आवतजावत गर्न र व्यापार व्यवसाय सञ्चालन गर्न तथा नगरको सरसफाईमा समेत समस्या भएको छ । रातु नदीको क्षतिग्रस्त पुलमाथि सडक डिभिजन कार्यालयले बेली ब्रिज निर्माण गर्न थालेको छ । बेली ब्रिज निर्माणको काम सकिन अझै १५ दिन लाग्ने सडक विभागले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here