Tune to BFM 91.2|Biratnagar

रानी पोखरीमा डुबेर किशोरको मृत्यु

विराटनगर, ३२ साउन । विराटनगर महानगरपालिका–१४ मा रहेको रानीमाई पोखरीमा डुबेर आज एक किशोरको मृत्यु भएको छ ।

पोखरीमा डुबेर बिहान ९ बजेतिर बेपत्ता भएको विराटनगर–१५ रानीका १६ वर्षीय विशाल चौधरीलाई दिउँसो साढे १ बजे मृत फेला पारिएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताउनु भयो ।

उहाँकाअनुसार विशाल बिहान दुई जना साथीहरुसँग नुहाउन भनेर पोखरीमा गएको खुलेको छ । नुहाउने क्रममा पौडी खेल्न थालेका चौधरी डुबेर बेपत्ता भएको र पछि मृत फेला पारिएको थापाले बताउनु भयो ।

प्रहरी र स्थानीय बासिन्दाले खोजी गरेर गहिरो पोखरीमा डुबेका उनको शव फेला पारेका हुन् । नुहाउन भनेर सँगै गएका दुवै जना साथीहरुले भने पोखरीको बीचमा पौडी खेल्ने क्रममा डुबेर चौधरीको मृत्यु भएको प्रहरीलाई बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button