राप्रपाको महाधिवेशन आजदेखि सुरु, फेसबुक र युट्युबमा पनि हेर्न मिल्ने

0
67

काठमाडौ, ६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । चार दिनसम्म चल्ने महाधिवेशनको दिउँसो साढे १२ बजे भृकुटीमण्डपमा उद्घाटन हुनेछ । उद्घाटनअघि उपत्यकाका ५४ ठाउँबाट विभिन्न जाति तथा समुदायका भेषभूषा तथा सांस्कृतिक बाजागाजा, झाँकीसहिर्त याली निकाल्ने तयारी छ । पार्टी प्रवक्ता राजाराम श्रेष्ठका अनुसार वडा, गाउँ, नगर, क्षेत्र हुँदै जिल्ला तथा प्रवासबाट छनोट भएका तीन हजार तीन सय १५ प्रतिनिधिमध्ये धेरै काठमाडौं आइसकेका छन् । उद्घाटन हुने बेलासम्म सबै प्रतिनिधि काठमाडौं आइसक्ने उहाँले जानकारी दिनुभयो । उद्घाटन सत्रमा प्रमुख दलका शीर्ष नेता तथा विभिन्न देशका राजनीतिज्ञलाई निम्तो गरिएको छ । उद्घाटन कार्यक्रमलाई फेसबुक र युट्युबमार्फत प्रत्यक्ष देखाउने तयारी भैरहेको पनि श्रेष्ठले जानकारी दिनुभयो । गएको मंसिर ६ गते तत्कालीन राप्रपा र राप्रपा नेपालको एकीकरण भएपछि महाधिवेशन हुन लागिएको छ । अध्यक्षमा सर्वसहमति भएकाले अब एक सय ६० केन्द्रीय सदस्यका लागि भोलीदेखि निर्वाचनको प्रक्रिया सुरु गरी सोमबार मतदान हुने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । पार्टीका शीर्ष नेताहरु चुनाव नलड्ने र कमल थापालाई अध्यक्ष बनाउनेबारे सहमति भैसकेको पनि उहाँले बताउनुभयो । महाधिवेशनको बन्द सत्रमा पार्टी अध्यक्ष थापाले राजनीतिक कार्यपत्र, राष्ट्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनीले आर्थिक प्रतिवेदन र नेता बुद्धिमान तामाङ्गले विधान संशोधन सम्बन्धि कार्यपत्र पेश गर्नुहुनेछ । अध्यक्ष थापाले नेपाललाई सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था सहितको प्रजातान्त्रिक देश बनाउने कुरालाई मुख्य सिद्धान्त बनाउने प्रस्ताव पेश गर्ने तयारी गर्नुभएको छ ।

Comments

comments

LEAVE A REPLY