राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज देखि विराटनगरमा शुरु

0
155

विराटनगर, १९ जेठ । दशौं प्रदेश नम्वर १ स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज देखि विराटनगरमा शुरु भएको छ । प्रतियोगिताको मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नु भएको छ । ३ दिन सम्म चल्ने प्रतियोगितामा प्रदेश नम्वर १ का १४ वटै जिल्लाका खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा एथ्लेटिक्स, उसु, भलिबल, तेक्वान्दो, कवडी खेल समावेश छ । विद्यालय स्तरिय प्रतियोगितामा कक्षा १२ सम्मका विद्यार्थी सहभागि छ । वीएफएमको साप्ताहिक कार्यक्रम साझा सरोकारमा आज विहान कुराकानी गर्दै पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटीले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नियमित कार्यक्रम भएको बताउनुभयो । यसअघि कक्षा १० सम्मका मात्र विद्यार्थी सहभागि हुने गरेको उहाँले बताउनुभयो । सरकारले खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक बन्दै गएको उहाँको भनाई छ । उहाँले भन्नुभयो,‘ सरकारले खेलकुद क्षेत्रमा वजेट बृद्धि गर्नु सकारात्मक पक्ष हो ।’ राष्ट्रिय खेलकुद परिषद्ले पनि पछिल्लो समय महत्वपूर्ण काम गरेको उहाँको दावी छ । कार्यक्रममा मोरंग टेक्निकल कराँते कमिटीका अध्यक्ष विनोद राउतले खेलाडीको भावना उच्च हुँदै गएको पनि पूर्वाधारको भने अभाव कायमै रहेको गुनासो गर्नुभयो । आजदेखि शुरु प्रतियोगितापनि पूर्वाधार अभावमा अन्य क्षेत्रमा खेलाउनु परेको बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here