राष्ट्रियता र लोकतन्त्र जोगाउन नेता केबी गुरुङले देशब्यापी अभियान थाल्ने

0
178

काठमाडौं, जेठ १६ । राष्ट्रियता र लोकतन्त्र जोगाउन साथै विपीको विचार प्रवद्र्धन कार्यक्रम लिएर नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा विपी विचार राष्ट्रिय समाजका अध्यक्ष कुलबहादुर गुरुङ(केबी)ले प्रदेशस्तरीय भेला गर्ने भएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष गुरुङले विपी कोइरालाको विचार अनुशरण गर्ने तथा कांग्रेसको सिद्धान्त मान्ने जनताहरुमा निराशा पैदा भएको भन्दै जागरण अभियान स्वरुप यस्तो भेला आयोजना गर्न लागिएको जानकारी दिए ।विपी विचार राष्ट्रिय समाजको ब्यानरमा बैशाख २१ गते तनहुँको दमौलीमा प्रदेश नम्बर ४ स्तरीय भेला आयोजना गरी सुरु भएको अभियान जेठ १८ गते काठमाडौंको धुम्बाराहीमा प्रदेश नम्बर ३ स्तरीय भेला डाकिएको छ ।’विपी विचार राष्ट्रिय समाजका सहअध्यक्ष गोविन्दराज जोशीले विपीको विचार र आदर्श मान्ने कांग्रेस आज सिद्धान्त भन्दा पनि सत्तामा केन्द्रीत बन्दै गएपछि आफैं कमजोर बन्न लागेकाले सिद्धान्त जोगाउन यस्तो अभियान आवश्यक भएको बताए । भर्खरै सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटबारे कांग्रेसले विकल्पमा प्रस्ताव दिन नसक्नु नेतृत्वको कमजोरी भएको उनको भनाइ थियो ।देश गम्भीर संकटमा फसेकाले यसलाई जोगाउन सबै जनतालाई एकठाउँ उभिन पनि अध्यक्ष गुरुङले आब्हान गरेका छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here