इजरायलद्वारा इरानी सैन्य अखडामा जवाफी हमला

0
70

वैशाख २७ । इजरायलले सिरियास्थित इरानी सैन्य अखडामा हमला गरेको छ ।गोलान हाइट्सस्थित इजरायली सैन्य अखडामा इरानले गरेको हवाई हमलाको जवाफी कारवाहीस्वरुप इजरायलले इरानी सैन्य अखडामा हमला गरेको बताइएको छ ।इरानी सेनाले गोलान हाइट्सस्थित इजरायली सैन्य अखडामा हमला गरेको केही घण्टापछि इजरायलले इरानी सैन्य अखडामा जवाफी हमला गरेको हो ।इजरायली रक्षा मन्त्रालयका अनुसार सिरियास्थित इरानी सेनाको हतियार भण्डार, क्षेप्यास्त्र प्रक्षेपण अखडा र अन्य सैन्य केन्द्रमा कारवाही गरिएको हो ।सिरियाको हवाई रक्षा प्रणालीलाई पनि इजरायली सेनाले निशाना बनाएको बताइएको छ ।सिरियाली सरकारी समाचार एजेन्सीका अनुसार इजरायलका केही क्षेप्यास्त्रलाई नष्ट गरिएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here