राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि मन्त्रीहरुले जवाफ दिदै

0
53

राष्ट्रिय सभा बैठक आज बस्दैछ । विहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक २०७५ माथि सांसदहरुले उठाएको प्रश्नको विभागीय मन्त्रीहरुले जवाफ दिने कार्यसूची रहेको संघीय संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि, स्वास्थ्य तथा जनसंख्या, कृषि, भूमि व्यवस्था तथा सहकारी र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रायमाथि सांसदले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिनेछन् । यस्तै, कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, संघीय मामिला तथा सामान्य प्रशासन, गृह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथिको प्रश्नलाई पनि विभागीय मन्त्रीहरुले सम्बोधन गर्ने राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । बाँकी मन्त्रालय तथा कार्यालयमाथिको जिज्ञासाको जवाफ सम्बन्धित मन्त्रीहरुले भोली दिनेछन् । विनियोजन विधेयकमाथि सांसदहरुले धारणा राख्ने क्रम गत शुक्रबार सकिएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here