राष्ट्र बैंकका शाखा शनिबार पनि खुल्ने,

0
37

काठमाडौं, २९ पुस । नेपाल राष्ट्र बैंकका देशभरका शाखाहरु अबदेखि शनिबार र महिनाको अन्तिम दिन पनि खुला रहने भएका छन् । यसअघि राष्ट्र बैंकका शाखाहरु शनिबार र बिदाका दिन खुल्ने गरेका थिएनन् । अर्थ मन्त्रालयले गत असोज १ गते शनिबार र महिनाको अन्तिम दिन बैंक खुला राख्न गरेको निर्णय कार्यान्वयन गर्दै राष्ट्र बैंकले देशभरका कार्यालयलाई सर्कुलर गरेको हो । राष्ट्र बैंकका अनुसार, आजैबाट सो निर्णय कार्यान्वयन हुँदैछ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here