रुसले थप २३ देशका ५९ कूटनीतिज्ञलाई देश निकाला गर्ने

0
247

काठमाडौं, १८ चैत । रुसले थप २३ देशका ५९ कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासन गर्ने घोषणा गरेको छ ।जस्तालाई त्यस्तै व्यवहार गर्नुपर्ने निश्कर्ष निकाल्दै रुसले आफ्नो देशमा रहेका विदेशी कूटनीतिज्ञलाई निष्कासन गर्न लागेको हो ।पछिल्लो समयमा विश्वका थुप्रैं देशले रुसी कूटनीतिज्ञलाई निस्कासन गरेको बदलामा रुसले पनि ती देशका कूटनीतिज्ञलाई देश निकाला गर्ने थालेको जनाइएको छ ।दुई बेलायती नागरिकमाथि रासायनिक अस्त्र हमलाको आरोपमा अमेरिकाले ६० रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने निर्णय लिएको थियो ।त्यसैको जवाफमा रुसले पनि अमेरिकी कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको थियो ।त्यसपछि अहिले फेरि रुसी विदेश मन्त्रालयले अरु देशका कूटनीतिज्ञलाई पनि देश निकाला गर्ने घोषणा गरेपछि रुस र बाँकी विश्वबीच कूटनीतिक सम्बन्धमा थप कटूता उत्पन्न हुने देखिएको छ ।रुसका पूर्वकूटनीतिज्ञ सेर्गेई स्क्रिपाल र उनकी छोरी युलिआको हत्या प्रकरणमा रूस नै दोषी रहेको आरोप लगाउँदै अमेरिकासहितका केही देशले रुसका कूटनीतिज्ञलाई देश निकाला गरेका थिए ।यसै विषयमा विश्वका २४ राष्ट्रले एक सयभन्दा बढी रूसी कूटनीतिज्ञलाई फिर्ता पठाएपछि रुष्ट बनेको रुसले पनि पछिल्लो निर्णय लिएको हो । फिर्ता जान भनिएकामा अष्ट्रेलिया, अल्बानिया, जर्मनी, डेनमार्क, इजरायल, स्पेन, इटली, क्यानडा, लाट्वीया, लिथुआनीया, मसेडोनीया, मोल्दोवा, नेदरल्याण्ड, नर्वे, पोल्याण्ड, रोमानिया, युक्रेन, फिनल्याण्ड, फ्रान्स, क्रोएसिया, चेक गणतन्त्र, स्विडेन र स्टोनियालगायत देशका कूटनीतिज्ञ छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here