“रोजगार मेला–२०७५” युवाहरुलाई रोजगारको अवसर

0
331

विराटनगर, ३ बैशाख । “युवा रोजगार सम्वृद्धिको आधार” नाराका साथ दुई सय बेरोजगार युवालाई रोजगार उपलव्ध गराउने उद्देश्यका साथ विराटनगरमा रोजगार मेला आयोजना हुने भएको छ । नेपाल घरेलु तथा तथा साना उद्योग महासंघ मोरङ र श्रम कार्यालय अन्तर्गतको रोजगार सूचना केन्द्रको समन्वयमा आगामी वैशाख ७, ८ र ९ गते उद्यमीहरुलाई चाहिने जनशक्ति उपलव्ध गराउनका लागि मेलाको आयोजना गरिन लागिएको आज विराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी दिईएको छ । वेरोजगार युवालाई विदेश पलायनमा न्यूनिकरण गर्न स्वदेशी उद्योगमा रोजगार उपलव्ध गराउने उद्देश्यका साथ रोजगार मेलामा दुई सय उद्योगहरुको सहभागिता रहने महासंघका मोरङ अध्यक्ष नरेन्द्र हुमागाईले वताउनु भयो । तीन दिने मेलामा दुई सय युवाले रोजगारीको अवसर पाउने तथा २० जना युवाले तीन महिना उद्योगमा प्रशिक्षार्थी तालीम अवसर उपलव्ध गराइने बताईएको छ । रोजगार सूचना केन्द्रका परार्मशदाता महेन्द्र प्रसाईले विगतमा केन्द्रको सिफारिश अनुसार ४७२ जनाले रोजगार भएको वताउदै आगामी दिनमा तीन वटा डेरी उद्योगमा २० जना युवालाई प्रशिक्षार्थी तालीमको व्यवस्था गर्न लागिएको जानकारी दिनु भयो । उहाँले स्टिल एण्ड आइरन सम्वन्धी उद्योगमा २० युवाले तालीम प्राप्त गरी दक्षजनशक्तको रुपमा विभिन्न उद्योगमा कार्य गरिरहेको वताउनु भयो । युवाहरुको विदेश पलायनले उद्योगलाई चाहिने दक्ष कामदार उपलव्ध नहुंदा उद्योग संचालन गर्न समस्या उत्पन्न भएको कारण स्वदेशमा नै रोजगार आकर्षणका लागि मेलाको आयोजना गरिएको पत्रकार सम्मेलनमा उद्यमीहरुको भनाइ रहेको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here