रोहिंग्या शरणार्थीलाई दुई महिनामा फिर्ता गर्ने सहमति

0
39

काठमाडौं, ८ मंसिर । बङ्गलादेश र म्यानमारबीच रोहिंग्या शरणार्थीलाई दुई महिनामा फिर्ता गर्ने सहमति भएको छ । विश्वभरबाट म्यानमारको रोहिंग्या शरणार्थीलाई फिर्ता गर्न माग गरिरहेका समय म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकी र बङ्गलादेशका विदेश मन्त्री ए एच महमद अलिबीच म्यानमारको न्यापितमा भएको बैठकले रोहिंग्या शरणार्थीलाई फर्काउने प्रयास स्वरुप दुई महिनाभित्र पहल शुरु गर्ने सहमति भएको बैठक पछि जारी गरिएको संक्षिप्त विज्ञप्तिमा जनाइएको बिबिसीमा उल्लेख छ । म्यानमारमा पछिल्ला केही महिना यता भएका हिंसात्मक गतिविधिपछि सेनाले चलाएको सैनिक अभियानपछि म्यानमारको रोहिंग्या समुदायको बसोबास रहेको राखिने राज्यबाट झण्डै ६ लाख २० हजार नागरिक भागेर बङ्गलादेश पुगेका थिए । म्यानमारको सुरक्षाकर्मीले चलाएको पछिल्लो अभियानलाई अमेरिकाले अल्पसङ्ख्यक रोहिंग्या समुदायलाई राखिनेबाट हटाउने प्रयास भनी आलोचना गरेको छ । सहमति अनुसार आउँदो तीन हप्ताभित्र कार्यदल बनाई काम शुरु गरिने छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here