Tune to BFM 91.2|Biratnagar

लकडाउन उल्लंघन नरोकिए कफ्र्यु : मुख्यमन्त्री

बिराटनगर १८ चैत । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले कफ्र्यु लगाएर भएपनि लकडाउन प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री कार्यालयमा सोमबार सञ्चारकर्मीहरुसँगको छलफलमा मुख्यमन्त्री राईले लकडाउन तोड्ने क्रम नरोकिए कफ्र्यु लगाउनेसम्मको तयारी गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।

कोरोना संक्रमणको जोखिम कम गर्न लगाइएको लकडाउन प्रभावकारी नभएको जानकारी आएको बताउँदै मुख्यमन्त्री राईले त्यसको कडाइपूर्वक कार्यान्वयनको लागि आवश्यक परे कफ्र्यु लगाउन निर्देशन दिएको बताउनुभयो ।

छलफलमा उपस्थित मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई उहाँले भन्नुभयो, ‘लकडाउन प्रभाबकारी बनाउनैपर्छ, तोड्ने क्रम नरोकिए कफ्र्यु लगाउनुहोला ।’ ‘लकडाउन केवल बाहिर हिँड्दा मात्र लागु हुने विषय हैन,’ मुख्यमन्त्री राईले भन्नुभयो ‘यो भित्र बस्दा र सामाजिक रुपमा पनि दुरी बनाउने र अनुशासनमा बस्ने विषय हो भन्ने कुरा पनि बुझाउन जरुरी भएको छ ।’

उहाँले मानिसहरु सडकमा नसिस्किएको भएपनि सहि रुपमा क्वारेन्टाइनको अभ्यास नगरेकोतर्फ पनि सरकारले अब ध्यान दिने बताउनुभएको छ । प्रदेश १ मा पछिल्लो समय भारत तथा अन्य तेस्रो मुलुकबाट धेरै व्यक्तिहरुको प्रवेश भएकोले उच्च जोखिममा रहेको भन्दै मुख्यमन्त्री राईले त्यसप्रति प्रदेश सरकार सचेत र संवेदनशिल रहेको बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button