Tune to BFM 91.2|Biratnagar

लकडाउन प्रभावकारी बनाउन ५ वटा सडक खण्ड डाईभर्सन

विराटनगर, २५ वैशाख । विराटनगरमा लकडाउन प्रभावकारी बनाउनका लागि मोरंग प्रहरीले ५ वटा सडकहरु डाईभर्सन गरेको छ ।

विराटनगरमा लकडाउन प्रभावकारी नभएको गुनासो आएसँगै प्रहरीले विराटनगर महानगरपालिका भित्रका ५ वटा सडक डाईभर्सन गरेको हो ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानवहादुर राईका अनुसार महावीर चौक, शनिमन्दिर चौक, सातघुम्ती चौक, भृकुटी चौक, तोदी भवन जाने सडक खण्ड डाईभर्सन गरिएको छ ।

प्रहरीले लकडाउनलाई पूर्णरुपमा पालना गर्न अनुरोध पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button