लखन्तरीमा बालविवाह रोक्ने अभियान

0
58

मोरङ,२८ विराटनगर । मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर १ लखन्तरीले वालविवाह रोक्दै बालमैत्री वडा अभियान सुरु गरेको छ । वडा कार्यालयको पहलमा वडा बाल संरक्षण सम्बद्र्धन समितिको आयोजनामा लखन्तरीमा आज र्यालीसहित सामुहिक हस्ताक्षर गराइ अभियानको शुभारम्भ गरिएको हो । वडा कार्यालयबाट निस्किएको र्यालीले लखन्तरी बजार परिक्रमा गरेको थियो । अभियानको शुभारम्भ गर्दै प्रतिनिधि सभाका सांसद अमनलाल मोदीले बालअधिकार संरक्षण गर्दै बालमैत्री अभियान सञ्चालन गर्नु प्रशंसनीय भएको बताउनु भयो । नारी विकास संघ र वल्र्डभिजनको सहयोगमा सञ्चालित अभियानअन्तर्गत आउँदो एक वर्षभित्र वडालाई बालमैत्री घोषणा गरिने वडाअध्यक्ष नमोनारायण माझीले बताउनुभयो । त्यस अवसरमा वाल विवाह रोक्न मद्दत गर्ने स्थानीय सिठरु माझी, बाबुराम माझी, नारायण माझी, मनोज ऋषिदेव, कोषिलाल ऋषिदेवलाई सम्मान गरिएको थियो । कार्यक्रममा झोराहाट नाट्य समूहले चेतनामुलक नाटक प्रर्दशन गरेको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here