लगानीकर्ता सकारात्मक भएपछि शेयरबजारमा सुधार

0
131

काठमाण्डौं, ३ बैशाख । शेयर बजारमा आज दोहोरो अंकको सुधार देखिएको छ । आज शेयर बजार मापक सूचक १७.४२ अंकले बढेर १२९७.५७ अंकमा उक्लिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.२८ अंकले बढेर २७६.२६ अंकमा बन्द भएको छ । गत मंगलबार शेयर बजार १२७०.२३ अंकमा रहेको थियो । त्यस यता बजार चार कारोबार दिनदेखि निरन्तर बढिरहेको छ । चार कारोबार दिनमा बजार २७.३४ अंकले बढेको छ । ब्याजदर र तरलता समस्या यथावत रहेपनि लगानीकर्ता बजार प्रति सकारात्मक हुँदा बजारमा वृद्धि देखिएको इन्भेस्टर फोरमक पूर्व अध्यक्ष डा आत्माराम घिमिरेले बताउनुभयो । बजारमा अहिले अल्पकालीन लगानीकर्ताले बढी शेयर खरिद बिक्री गरिरहेकोले बजारमा सुधार आएको घिमिरेको भनाई छ । आज १६७ कम्पनीका ११ लाख ७८ हजार कित्ता शेयर ५७ करोड ६८ लाख रुपैयाँमा खरिद बिक्री भयो । सबैभन्दा बढी प्रभु इन्स्योरेन्स कम्पनीको दुई करोड ८१ लाख रुपैयाँको कारोबार भयो । उपसूचकमा अन्य बाहेक सबै बढेका छन । अन्य १.२१ अंकले घटेको छ । बैंक ४.२८, होटल ५२.१६, विकास बैंक १६.७५, जलबिद्युत १२.२३, फाइनान्स १४.६७, बीमा २९३.२४, उत्पादनमुलक ११.२४ र लघुवित्त ७२.११ अंकले बढेका छन ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here