ललितपुरमा आगलागी, दुई करोडभन्दा बढीको क्षति

0
129

काठमाडौं,३१ वैशाख । ललितपुरको लुभुमा आज राति आगो लाग्दा २ करोड भन्दा बढीको क्षति भएको छ । महालक्ष्मी नगरपालिका ७ चाँगाथली नर्कटेचोकमा रहेको समृद्धि प्रिन्ट एण्ड प्याकिङ उद्योगमा राति १० बजेतिर आगो लागेको जिल्ला प्रहरी प्रभाग लालितपुरले जनाएको छ । महालक्ष्मी नगरपालिका–३ का दिनेश सुवेदीको उद्योगमा आगो लागेको हो । प्रहरीले आगलागीमा २ करोड २० लाख रुपैयाँ बराबरको नोक्सानी भएको जनाएको छ । आगो अहिले निभाइएको छ । काठमाडौं र ललितपुरका दमकल तथा प्रहरी र स्थानीययबासिन्दाको सहयोगमा आगो निभाइएको हो । विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीको अनुमान छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here