Tune to BFM 91.2|Biratnagar

लागुऔषधसहित तीन जना पक्राउ

विराटनगर, ९ भदौ । प्रहरीले लागुऔषधसहित मोरङको केराबारीबाट हिजो साँझ तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा केराबारी गाउँपालिका–५ का २२ वर्षीय रुपेश राई, सुनसरीको धरान–८ की ३० वर्षीया अविमाया राई र २० वर्षीय उत्सव लिम्बू रहेका छन् । कोे १० प ७६९३ नम्बरको मोटरसाइकलमा रहेका उनीहरुलाई मुगु खोला छेउबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताउनु भयो ।

पक्राउ परेकाहरुको साथबाट डाइजेल्याप ९५, एभिल ९४ र लुपिजेसिक ९७ गरेर दुई सय ८६ एम्पुल लागुऔषध बरामद भएको छ । तीनै जनाविरुद्ध लागुऔषध ऐन अन्तर्गत मुद्दा चलाउन आज म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button