लागुऔषधसहित पक्राउ

0
83

झापा, असार २६ गते . झापाको मेचीनगर नगरपालिका ६ स्थित मेची पुलबाट सोमबार लागुऔषध ब्राउनसुगरसहित चार जना पक्राउ परेका छन। मेचीनगर नगरपालिका ९ का रोशन डांगीको साथबाट साढे चार ग्राम ब्राउनसुगर बरामद भएको हो। लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाको टोलीले डाँगीको सर्टको बाहुलाभित्र लागुऔषध लुकाएर ल्याउँदै गरेको फेला पारेका थिए। प्रहरी अनुसन्धानबाट सो लागुऔषध ओसार पसारमा डाँगीको प्रयोग भएको देखिएपछि सो कार्य गर्न लगाउने मेचीनगर नगरपालिका ९ का मनिष आचार्य, फुर्बा शेर्पा र बारा निजगढ बस्ने बिष्णु थापालाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको हो। उनीहरुलाई इलाका प्रहरी कार्यालय काकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको छ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here