लागुऔषध कारोवारमा संलग्नलाई पक्राउ गर्ने प्रहरी पुरस्कृत

0
31

उदयपुर, असोज २७ – लागुऔषध कारोवारमा संलग्नलाई पक्राउ गर्ने उदयपुरका प्रहरी पुरस्कृत भएका छन् । ६२औं प्रहरी दिवसको अवसरमा उदयपुरका दुई प्रहरी नायव निरीक्षक, दुई प्रहरी हवल्दारसहित तीन प्रहरी जवान पुरस्कृत भएका हुन ।

पुरस्कृत हुनेमा प्रहरी नायव निरीक्षक शंकर प्रसाद खतिवडा र बुद्धिमान चोम्हाङ्ग, प्रहरी हवल्दार कुलप्रसाद पाण्डे र सुरेन्द्र लम्साल प्रहरी जवान भवेन्द्र सुवेदी, राजेश राउत र सन्देश तामाङ्ग रहेका छन । जिल्ला प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले उनीहरुलाई पुरस्कृत गर्नुभएको थियो ।

पछिल्लो समय जिल्ला प्रहरी कार्यालय उदयपुरले लागुऔषधविरुद्ध कडाई गरेपछि कारोवारमा संलग्न पक्राउ पर्न थालेका छन् । भदौ यता मात्र प्रहरीले ४९ जनालाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालयले लागुऔषध विरुद्धको कारवाही चलाउँदा ४९ जनालाई पक्राउ गरी २३ वटा मुद्दा दर्ता गरेको प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here