लागूऔषधसहित एक पक्राउ

0
61

बिराटनगर, २३ असोज । विराटनगर महानगरपालिका–१६ स्थित बैक रोडबाट प्रहरीले हिजो लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुर चौदण्डी नगरपालिका–१० बस्ने २८ बर्षिय कालु भनिने नर बहादुर मगर रहेका छन्। मगरलाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीको टोलीले अपरान्ह तिर भारतको जोगवनीबाट नेपालतर्फ आउँदै गर्दा पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट डाईजेल्याब–२० एम्पुल, लुपिजेसिक–२० एम्पुल र एभिल–२० एम्पुल बरामद गरेको छ। बरामद लागूऔषधसहित मगरलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरेहको छ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here