लागूऔषधसहित दुई युवक पक्राउ

0
32

विराटनगर, २७ असार । मोरङ र सुनसरीबाट हिजो लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्। मोरङको बुढीगंगा गाउँपालिका–४ राहुल पेट्रोल नजिकैबाट मोरङ केराबारी गाउँपालिका–७ बस्ने २१ बर्षिय उत्तम बराईली पक्राउ परेका छन्। बराइलीले शरिरको विभिन्न भागमा लुकाएर ल्याएको प्रतिबन्धित औषधी स्पास्मोप्रोक्सिभन ६४ ट्याब्लेट बरामद भएको छ। उनलाई इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो। यता सुनसरीको बराहा नगरपालिका– ६ घर धरान–७ स्थित राम बहादुर राईको घरमा डेरा गरी बस्ने बर्ष २५ का संन्दीप चौधरी नाइट्रोशन १३ पिस र स्पास्मोप्रोक्सीभन ४ पिस सहित पक्राउ परेका छन्। उनलाई डेल्टा अप्रेसन धरान सुनसरीको प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको छ।

Comments

comments

LEAVE A REPLY