लागूऔषधसहित पक्राउ

0
200

विराटनगर, २ फागुन । मोरङको बुढीगंगा गाउँपालिकाबाट हिजो साँझ प्रहरीले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । भारतको जोगवनीबाट लागूऔषध लिएर आउँदै गर्दा इटहरी ४ का १९ वर्षीय रमेश कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बुढीगंगा ४ स्थित राउल पेट्रोल पम्प अगाडिबाट ६५ पिस नाईट्रोसन सहित कार्कीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी विष्णुहरि कोइरालाले बताउनु भयो । शंका लागेर शरीर चेकजाँच गर्दा उनको साथबाट लागूऔषध बरामद भएको कोइरालाले बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here