लागूऔषधसहित ५ जना पक्राउ

0
22

बिराटनगर,२५ असोज । सुनसरी र मोरङबाट प्रहरीले हिजो लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ। सुनसरीको कोशी गाउँपालिका–१ स्थित दसगजा बोर्डर नजिकैबाट सशस्त्र प्रहरीको टोलीले को ४ प ९४६५ र ग २ प ९१७९ नम्बरको मोटरसाइकलमा सवार चार जनालाई लागूऔषधसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी बराह नगरपालिका–८ बस्ने २३ बर्षिय कमल राई, सोही ठाउँका २८ बर्षिय सुमन राई, २३ बर्षिय समन राई र भारत बेलाह–८ बस्ने वर्ष १९ बर्षिय कुशेश्वर कुमार यादव रहेका छन्। प्रहरीले उनीहरुको साथबाट र डाइजेल्याप–५० एम्पुल, एभिल–५० एम्पुल र नर्फिन ४६ एम्पुल बरामद गरेको छ। पक्राउ परेका उसबैलाई इलाका प्रहरी कार्यालय लौकहीमा राखी थप अनुसन्धान भइरेहको छ। त्यस्तै मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित कोशीराजमार्गमा ईलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीको टोलीले सवारी साधनहरु चेकजाच गर्ने क्रममा सुनसरी धरान–१३ बस्ने २८ बर्षिय रुपक राईलाई लागूऔषध लुपिजेसिक–७ एम्पुल, डाईजेल्याप–७ एम्पुल र एभिल–७ एम्पुल सहित पक्राउ गरेको छ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here