लागूऔषध सहित चार जना पक्राउ

0
28

विराटनगर, २५ साउन । मोरङको बुढीगंगा गाउँपालिका र विराटनगर महानगरपालिकाबाट प्रहरीले लागूऔषध सहित हिजो साँझ चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटीएको टोलीले विराटनगर महानगरपालिका १४ जतुवा नहरबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी धरान १९ का ३६ वर्षीय देउमान लिम्बू र ताप्लेजुङ चाँगे ९ घर भई हाल धरान १९ मा बस्दै आएका ३७ वर्षीय टिकाराम लिम्बू रहेका छन् । भारतीय बजार जोगवनीबाट को ११ प ५२५२ नम्बरको स्कुटरमा विराटनगरतर्फ आउँदै गरेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा स्कुटरको डिकीमा लुकाएको आठ बोतल कोरेक्स, १५ बोतल डाईलेक्सटम डीसी, एक सय ट्याब्लेट नाइट्रोसन र एक सय ५२ क्याप्सुल स्पास्मोप्रोक्सिभन बरामद गरिएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोश निरौलाले बताउनु भयो । पक्राउ परेकालाई आवश्यक अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ । त्यस्तै बुढीगंगा गाउँपालिका ४ स्थित रावल पेट्रोलपम्प नजिकैबाट लागूऔषध सहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय निमुवाको टोलीले को १८ प ६५९८ नम्बरको मोटरसाइकलमा सवार विराटनगर १७ का २५ वर्षीय सुरज रिजाल र धरान १५ का २५ वर्षीय बसन्त लिम्बूलाई पक्राउ गरेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । उनीहरुकासाथबाट लागूऔषध स्पास्मोप्रोक्सिभन चार सय ३२ ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुका सम्बन्धमा प्रहरीले थप अनुसन्धान सुरु गरिएको जनाएको छ ।

Comments

comments

LEAVE A REPLY