लागूऔषध सहित पक्राउ

0
71

विराटनगर, २३ माघ । भारतको जोगवनीबाट बाट ल्याउँदै गरेको लागूऔषध सहित इलाका प्रहरी कार्यालय रानीले एक जनालाई पक्राउ गरेको छ । धनकुटाको खाल्साछिन्ताङ गाउँपालिका ५ का २३ वर्षीय रोकश राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनका साथबाट टिटिजेसिक इन्जेक्सन बरामद भएको छ । दुबै हातको पाखुरामा सेतो टेपले बाँधेर ल्याउँदै गर्दा चेकजाँच गर्ने क्रममा राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोश निरौलाले बताउनु भयो । उनी विरुद्ध लागूऔषध ऐन अन्तर्गतको मुद्धा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here