लागूऔषध सहित पक्राउ

0
50

विराटनगर, २२ भदौ । मोरङको सुनबर्सी नगरपालिका ८ बाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा को ३१ प ३२३४ नम्बरको मोटरसाइकलमा सवार पथरी शनिश्चरे नगरपालिका ६ का २१ वर्षीय मनिष लिम्बू र सोही ठाउँका २२ वर्षीय उत्तम राई रहेका छन् । इलाका प्रहरी कार्यालय रंगेलीका अनुसार उनीहरुको साथबाट एक बोतल कोरेक्स र ७५ थान नाईट्राभेट ट्याब्लेट बरामद भएको छ । पक्राउ परेका दुबै जना विरुद्ध प्रहरीले लागूऔषध ऐन अन्तर्गतको मुद्धा दर्ता गरेर थप अनुसन्धान अघि बढाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here