लागूपदार्थ ओसार्ने ८ जना पक्राउ

0
127

बैशाख २८ ।भारतीय सीमावर्ती बजारबाट अवैध रुपमा लागूऔषध ओसारपसार गर्ने समूहका ८ जनालाई प्रहरीले सुनसरी र मोरङबाट पक्राउ गरेको छ । धरानमा हिजो साँझ स्थानीय ज्ञानप्रुसाद राई, टिकाराज परियार, सन्तोष सुनुवार पक्राउ परेका हुन् । यस्तै स्थानीय उषा परियार र तनहुँका महेश गन्धर्व र कुमार तामाङलाई पनि लागू औषधसहित पक्राउ गरिएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार उनीहरुको साथबाट एम्पुल, डाइजोलाप, लुपिजेसिक जस्ता लागूऔषध बरामद गरिएको छ । यस्तै मोरङको बुढीगंगा गाउँपालिका ४ बाट पनि ईश्वर थापामगर र विराटनगर महानगरपालिका १५ बाट भारतीय नागरिक मनोजकुमार ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथमा रहेको अवैध ६७ हजार भारतीय रुपैयाँसमेत प्रहरीले बरामद गरेको जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here