विराटनगर, २० चैत । लायन्स क्लव अफ विराटनगरको आयोजनामा प्रहरी तालिम केन्द्र, रानी विराटनगरमा एक दिने नि : शुल्क स्वास्थ शिविर गरिएको छ । शिविरमा अाँखा तथा दाँत परिक्षण गरिएको थियो । नोवेल मेडिकल कलेज तथा रिसर्च सेन्टरको प्राविधिक सहयोगमा भएको शिविरमा ८५ जनाको स्वास्थ, अाँखा तथा दाँत परिक्षण गरिएको थियो । कार्यक्रममा लायन्स क्लव अन्तराष्ट्रियका डिष्ट्रिक्ट ३२५ ए वानका द्धितिय भाइस डष्ट्रिक्ट गवर्नर इन्द्र खत्री (राजन), भुतपुर्व डष्ट्रिक्ट गवर्नर फुलकमार लालवानी, प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक ज्ञान विक्रम शाह, बरिष्ठ प्रहरी उपरिक्षक ईश्वरबाबु कार्की, जोन चेयरपर्सन मनिष भट्टराई लायन्स क्लव अफ विराटनगरका भुतपुर्व अध्यक्ष जुगल किशोर राठी, टिकाराज ढकाल, जयकमल अग्रवाल, नोबेल मेडिकल कलेज तथा रिसर्च सेन्टरका अस्पताल प्रमुख नारायण प्रसाद दाहाल लगायत १३० जना को सहभागिता रहेकोे थियो ।
Must Read
अफ्रिकी मुलुक स्वाजील्याण्डको नाम परिवर्तन
काठमाडौं, ७ वैशाख । अफ्रिकी मुलुक स्वाजील्याण्डको नाम परिवर्तन गरिएको छ । त्यहाँका राजा मस्वाती तृतीयले देशको नाम परिवर्तनको घोषणा गरेका हुन् ।राजा मस्वातीले...