लायन्स क्लव अफ बुढीगंगा एक्टीभको पदभार ग्रहण
विराटनगर । लायन्स क्लव अफ बुढीगंगा एक्टीभको पदभार ग्रहण कार्याक्रम सम्पन्न भएको छ । आइतबार एक कार्याक्रमको बिच वर्ष २०२०÷२१ को पदभार ग्रहण कार्याक्रम सम्पन्न भएको छ । पदभार ग्रहण पश्चात् कार्याक्रममा बोल्दै एक्टीभकी अध्यक्ष राधिका आचार्यले अझ धेरै काम गर्ने बताउनुभयो ।
उहाँले विगतका कार्याक्रमहरुको स्मरण गर्दै भन्नुभयो, अबका दिनहरुमा अझै काम गर्ने हौसला थपिएको छ ।
आचार्यको नेतृत्वमा २१ सदस्सीय कमिटी गठन गरिएको लायन्स क्लव अफ बुढीगंगा एक्टीभकी कोषाध्यक्ष सुनिता कार्कीले बताउनुभयो । लायन्स क्लव अफ बुढीगंगा एक्टीभमा लायन राधिका आचार्य, सागर बराल, समिर भगत, गोमा भण्डारी, चेतनाथ सिग्देल, अर्जुन बहादुर बोगटी, सुनिता कुमारी चौधरी, किरन कुमार चौधरी, देबेन्द्र प्रसाद दाहाल, एम.डी. हसमुद्धीन रहेका छन् ।
त्यस्तै सुनिता कार्की, नारायण कटवाल, विक्रम केसी, उमेश कुमार खनाल, मनोज खतिवडा, मिन कुमार नेपाल, दर्शनराज न्यौपाने, दिपेन्द्र न्यौपाने, नारायण प्रसाद निरौला, प्रशान्त पौडेल र स्रवण रायमाझी रहनुभएको छ ।