लिबियाको अन्तर्राष्ट्रिय विमानस्थलमा झडप, ९ को मृत्यु

0
121

माघ ०१,
लिबियाको राजधानीमा रहेको एक मात्र अन्तर्रा्ष्ट्रिय विमानस्थलमा आज लडाकूहरुले आक्रमण गरेपछि भएको झडपमा परी नौ जनाको मृत्यु भएको छ ।जेलमा रहेका आफ्ना समर्थकहरुलाई छुटाउन भन्दै लडाकूहरुले विमानस्थलमै आक्रमण गरेपछि सरकारी पक्ष र आक्रमणकारी पक्षकाबीचमा झडप भएको अधिकारीहरुले बताएका छन् । मिटिगा विमानस्थलमा आक्रमण भएर झडप भएपछि विमानस्थल खाली गराइएको थियो । मारिएका मध्ये कति जना लडाकूतर्फका छन् र कति जना आम नागरिक छन् भन्ने बारेमा अहिलेसम्म केही खुल्न सकेको छैन ।केन्द्रीय सरकारका स्वास्थ्य मन्त्रीले फेसबुक मार्फत जानकारी दिनुभएको जानकारी अनुसार नौ जनाको विभिन्न दुई अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मिटिगा विमानस्थल त्रिपोलीबाट पुर्ब तर्फ पर्दछ । यो आम नागरिकले प्रयोग गर्ने अन्तर्रा्ष्ट्रिय विमानस्थल हो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here