वातावरण सहज बनाउन पूर्वाञ्चल विश्वविद्यालयको आग्रह

0
384

विराटनगर, १ भदौ । पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले तालाबन्दीका कारण विद्यार्थीको शैक्षिक भविस्य अन्यौल पर्ने भन्दै तालाबन्दी खोली वातावरण सहज बनाउन आग्रह गरेको छ । पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालय, संकाय डीन कार्यालय, परीक्षा नियन्त्रकको कार्यकक्षका साथै काठमाडौंको सिनामंगलस्थित परीक्षा व्यवस्थापन कार्यालयको सम्पर्क कार्यालयमा समेत विभिन्न संघ–संगठनका नाममा विभिन्न माग राखी गरिएको तालाबन्दीका खुलाउनका लागि वार्तामार्फत समस्याको समाधान खोज्न आग्रह गरिएकोमा हालसम्म पनि कुनै निकास ननिस्किएको परिक्षा व्यवस्था कार्यालयले आज एक विज्ञप्ती निकाल्दै जनाएको छ । तालाबन्दीका कारण सञ्चालन भएका विभिन्न संकायअन्तर्गतका शैक्षिक कार्यक्रमहरूको विभिन्न वर्ष तथा सेमेष्टरहरूको परीक्षाको परीक्षा तालिका, उत्तरपुस्तिका परीक्षण, परीक्षाफल प्रकाशनका साथै परीक्षाको कार्यतालिका सम्भव भएसम्म समायोजन गर्दै जाने प्रतिबद्धता हुदा हुदै पनि लगातारको तालाबन्दीका कारण परीक्षासम्बन्धी सम्पूर्ण काममा बाधा पुगेको जनाईएको छ । तालाबन्दीमा संलग्न सघं–संगठनहरूलाई यथाशीघ्र वार्तामार्फत समस्याको समाधान गरी हजारौं विद्यार्थीहरूको शैक्षिक भविष्यप्रति जिम्मेवार हुन अपील गरिएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here