वाम गठबन्धनका उम्मेदवार चढेको गाडीमा बम विष्फोट

0
28

तेह्रथुम, १६ मंसिर । तेह्रथुम जिल्लाबाट प्रतिनिधि सभाका लागि समानुपातिकतर्फ वाम गठबन्धनका उमेरद्धार डाक्टर बिजय सुब्बा सहित अन्य दुई जना समानुपातिक उमरद्धार चढेको गाडी लक्षित गरि आज दिउसो रेडबुल बम विष्फोट भएको छ ।धनकुटा र तेह्रथुमको सिमाना तेलिया खोला नजिकै सिधुवा सुक्रबारे सडक खण्डको छथरगाउ गाउ पालिका १ तेलियामा दिउसो पौने १ तिर रेडबुल बम विष्फोट भएको प्रहरीले जनाएको छ । जिल्ला सदरमुकामबाट छथरको सुक्रबारेमा आयोजित संयुक्तबाम गठबन्धनको चुनाबीसभालाई सम्बोधन गर्न जादै गरेका नेकपा एमालेका समानुपातिक उमेरद्धार डाक्टर बिजय सुब्बा, माओबादी केन्द्रका समानुपातिक उमेरद्धार होम कुमारी खापुङ र शुसिला कन्दङवा लगायतका नेता चढेको गाडीलाई लक्षित गरि बम पड्काइएको प्रमुख जिल्ला अधिकारी बेदनिधी खनालले बताउनु भयो । उहाका अनुसार बम बिस्पोटका कारण मे १ ज २०२ नम्बरको लेण्डरोभर गाडीको हेडलाईट, रेगुलेटर र अगाडीको चक्कामा क्षति पुगेको छ । गाडीमा सवार समानुपातिकका उमेरद्धार डाक्टर सुब्बाले निर्बाचन हुन नदिन गतिबिधी गरि रहेको शक्तिले तर्साउनका लागि बम पड्काएको हुन सक्ने बताउनु भएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here