Tune to BFM 91.2|Biratnagar

विज्ञहरुसँग जेसिजको छलफल

विराटनगर, २ असोज । मोरङ्गको बेलबारी जेसीजले शिक्षा मन्त्रालयले हालै जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ र त्यसमा रहेका अवसर तथा चुनौतिहरुमा आधारित भएर विज्ञहरुसँग छलफल गरेको छ ।

बेलबारी जेसिजले निर्देशिकामा देखिएका चुनौतिहरुका वारेमा सरोकारवालाहरुसँग छलफल गरेको हो । भर्चुअल माध्यमबाट आयोजना गरिएको छलफलमा शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्मा, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका राष्ट्रिय अध्यक्ष लक्ष्मण शर्मा, नेपाल शिक्ष महासङ्घका महासचिव लक्ष्मी किशोर सुवेदी, शिक्षक महासङ्घका पूर्व केन्दीय अध्यक्ष केशव निरौला, नेपाल प्याब्सनका केन्द्रीय सह अध्यक्ष डिके ढुङ्गाना, नेपाल शिक्षक सङ्घका अध्यक्ष राजेन्द्र राज पौडेल लगायताकाको सहभागिता रहेको थियो ।

सहभागीहरुले राखेका जिज्ञाशाको जवाफ दिँदै शिक्षा मन्त्रालयका प्रवक्ता शर्माले अहिलेको अवस्थामा बैकल्पिक विधि नै एकमात्र भररपर्दाे विधि भएको बताउनुभयो । उहाँले अनलाइन कक्षा तथा अन्य बैकल्पिक विधिद्वारा निजी विद्यालयहरुले सन्चालन गर्दै आएका कक्षाहरुलाई मान्यता दिने कुरा समेत प्रष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button