विद्यालय लिग च्याम्पियनसीप भलिवल हुने

0
156

विराटनगर, २९ माघ । विराटनगरमा भोलीदेखि प्रथम महानगरस्तरीय अन्तर विद्यालय लिग च्याम्पियनसीप पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । मोरङ भलिवल संघ र मोरङ विद्यालय भलिवल कमिशनको संयुक्त आयोजनामा हाटखोल खेल मैदानमा प्रतियोगिता हुने भएको हो । आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको सबै तयारी पूरा भएको जनाएको छ । एक साता सम्म संचालन हुने प्रतियोगितामा विराटनगर महानगरपालिका भित्रका १५ विद्यालयको सहभागिता रहने छ । सुरुमा लिग आउट विधिबाट खेल खेलाई त्यसपछि छनोट भएर आएका आठवटा विद्यालयलाई लिगकम नकआउटको आधारमा खेलाइने विद्यालय भलिवल कमिशन मोरङका अध्यक्ष प्रेमलाल सिंह सुवालले बताउनु भयो । फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गते खेलको फाइनल प्रतियोगिता गरिने छ । प्रतियोगिता सम्पन्न गर्नका लागि एक लाख ८१ हजार रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकले गरेको छ । प्रतियोगिताका संयोजक इन्द्र राईले यस प्रतियोगितालाई राष्ट्रिय भलिवल खेल विकासको सुरुवाती अभियानका रुपमा लिइएको जानकारी दिनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here