विपन्न परिवारका लागि घर निर्माण शुरु

0
147

झापाको कनकाई नगरपालिकाका विपन्न १५ परिवारका लागि घर निर्माण कार्य शुरु भएको छ । कनकाई नगरपालिकाको ‘प्रमुख आवास कार्यक्रम’ अन्तर्गत कनकाई– ७ रेडक्रस टोलका १५ विपन्न परिवारका लागि रू ४१ लाखको लागतमा घर निर्माण कार्य शुरु भएको हो । कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले आज एक कार्यक्रमकाबीच घर निर्माण कार्यको शिलान्यास गर्नुभयो ।प्रमुख आवास कार्यक्रम अन्तर्गत कनकाई नगरपालिकाको रू २५ लाख, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको रू १४ लाख र नगरप्रमुख पोखरेलको व्यक्तिगत रू दुई लाख गरी रू ४१ लाखको लागतमा घर निर्माण कार्य शुरु गरिएको हो ।नगर क्षेत्रमा २०५० साल अघिदेखि बसोवास गर्दै घरबारविहीनलाई प्रमुख आवास कार्यक्रम अन्तर्गत घर निर्माण गरी प्रदान गरिने नगरप्रमुख पोखरेलले बताउनुभयो । यो कार्यक्रमका लागि आर्थिक वर्ष २०७५÷७६ मा समेत नगरपालिकाले रु २५ लाख बजेट विनियोजन गरेको छ । यो कार्यक्रममा सहयोग गर्न चाहने अन्य सामाजिक संघसंस्थालाई पनि सहभागी गराइने र नगरभित्र सुकुम्बासी र घरवारविहीन रहेसम्म कार्यक्रमलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here