विपन्न परिवारलाई खाद्यान्न वितरण

विराटनगर, २० चैत । लायन्स क्लब अफ विराटनगर ग्लोबलले विराटनगर ८ का २ सय विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । क्लबले अशोकचोक,बधशाला मार्ग आसपासका सुकुम्बासी र विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको हो ।

१० दिनयताको लकडाउनले विपन्न र सुकुम्बासी परिवारलाई भोकभोकैको अवस्था सृजना भएका कारण राहतस्वरुप खाद्यान्न वितरण गरिएको आयोजक क्लबका अध्यक्ष दिलसाद आलमले बताउनुभयो ।

कार्यक्रम माझ सुकुम्बासी परिवारलाई चामल,खानेतेल र आलु वितरण गरिएको थियो । सो ठाँउमा आयोजित कार्यक्रमकाबीच लायन्स क्लब ३ सय २५ एवानका डिस्ट्रिक गर्भनर राजन खत्री,क्लबका फस्र्ट भिपि अजय अधिकारी लगायतले सुकुम्बासी परिवारलाई खाद्यान्न हस्तान्तरण गर्नुभयो ।

सुकुम्बासी परिवारलाई तीनदिन पुग्नेगरि खाद्यान्न वितरण गरिएको आयोजक क्लबका अध्यक्ष आलमले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button