Tune to BFM 91.2|Biratnagar

विपन्न परिवारलाई दैनिक खाना

विराटनगर २३ बैशाख । स्थानीय समुदायको समन्वयमा विराटनगर वडा नं. ६ शिव मन्दिर पछाडिका युवाहरुले विपन्न परिवारलाई दैनिक खाना ख्वाउने कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

लकडाउन शुरु भए यता ३४ दिन देखि दैनिक ७ सय जना बिपन्न नागरिकलाई खाना खुवाउने गरीएको अभियानका नारायण बरालले जानकारी दिनुभयो। शिव मन्दीर पछाडी रहेको शिव शक्ति जिम क्लब छेउमा नियमितरुपमा खाना ख्वाइरहेको अभियन्ता नारायण बरालले जानकारी दिनुभयो ।

उहाले लकडाउनको अबधिभर खाना ख्वाउने कामलाई निरन्तरता दिने बताउनुभयो । ७ जनाको समिति मार्फत दैनिक कार्य सन्चालन भइरहेको र विपन्न परिवार लाभान्वित भएको बरालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button