Tune to BFM 91.2|Biratnagar

विपन्न र मजदुरहरुलाई राहत वितरण

विराटनगर, १८ वैशाख ।आचार्य सुमित्रा–खगेन्द्र फाउण्डेशनले मोरङको बूढीगंगा–३ बाँसबारीका विपन्न र मजदुरहरुलाई राहत वितरण गरेको छ ।लकडाउनका कारण समस्यामा परेका मजदुर र विपन्नलाई कोहीनुर प्लाई इन्डष्ट्रिज प्रालिसँगको सहकार्यमा फाउन्डेसनले राहत वितरण गरेको हो ।

आज प्लाई उद्योग परिसरमा १ सय ११ घरपरिवार राहत स्वरुप खाद्य सामग्री वितरण गरिएको प्रालिका प्रबन्धक रमेश आचार्यले जानकारी दिनुभयो । आचार्यले दैनिक ज्यालादारी गरेर खाने अति विपन्न परिवारलाई राहत स्वरुप चामल, दाल, नून, तेल वितरण गरेको बताउनुभयो ।

प्रतिपरिवार १० किलो चामल, १ किलो दाल, १ लिटर खानेतेल १ किलो नून लगायतका खाद्य सामग्री वितरण गरेको प्रबन्धक आचार्यले जानकारी दिनुभयो । प्लाई उद्योगका प्रबन्धक उमेश आचार्य, प्रकाश आचार्य, आदिवासी जनजाति महासंघ मोरङका अध्यक्ष भुवनेश्वर मण्डल, नेपाल रेयूकाई विराटनगर क्षेत्रका प्रमुख नागेश्वर यादवलगायतले सामाजिक दूरी कायम गरेर राहत वितरण गर्नुभएको थियो ।

प्लाई उद्योगसँगको सहकार्यमा फाउन्डेसनले यसअघि पनि जाडो मौसममा विपन्न र मुसहर समुदायलाई न्यानो कपडा वितरण, बाँसबारी चोकमा विश्रामस्थल, बूढीगंगा– ३ स्थित सिंघिया खोलामा शव जलाउने वेदी निर्माण गरिसकेको प्रबन्धक आचार्यले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button