Tune to BFM 91.2|Biratnagar

विपन्न समुदायका १ सय ५० जना छात्रछात्रालाई शैक्षिक सामग्री वितरण

विराटनगर, २९ भदौ । बालदिवसकै अवसरमा विराटनगरस्थित ग्रामीण विकास समाज केन्द्रले १ सय ५० जना छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरेको छ ।समाजले विराटनगर–१२ स्थित बखरी आधारभूत विद्यालयमा अध्ययनरत विपन्न समुदायका १ सय ५० जना छात्रछात्रालाई स्कुल ब्यागसहितका शैक्षिक सामग्री वितरण गरेको हो । स्कुल परिसरमा आज आयोजित बालदिवस विशेष कार्यक्रमका बीच प्रदेश एकका सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले समाजको तर्फबाट विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा बोल्नुहुँदै मन्त्री साम्सोहाङले बालबालिकाहरु देशको भविष्य रहेको उल्लेख गर्नुहुँदै यस क्षेत्रमा थप कामहरु गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले विपन्न नागरीकहरुको उत्थानमा ध्यान नदिएसम्म समग्र बालबालिकाहरुको भविष्य उज्वल बनाउन नसकिने धारणा समेत ब्यक्त गर्नुभयो । सो अवसरमा आयोजक संस्था एनआरडिएससीका अध्यक्ष मणिकुमार अज्र्यालले विपन्न समुदायका बालबालिकालाई छात्रवृत्ति वितरण गर्ने उद्देश्यसहित १ लाख राशीको अक्षयकोष स्थापना गर्ने घोषणासमेत गर्नुभयो । उहाँले आफ्ना आमाबाबुको नाममा स्थापना गरिने गुणागोपाल स्मृति प्रतिष्ठानबाट बर्षेनी विपन्न छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिने बताउनुभयो ।

आयोजक संस्थाका उपाध्यक्ष भुवनेश्वर मण्डलले आफ्नो संस्थाले स्थापनाकालदेखि नै बालबालिका तथा प्रौढ शिक्षालाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनुभयो । कार्यक्रमका सहभागी विराटनगर १२ का वडाध्यक्ष हिरालाल कामत, एनजिओ फेडरेसनका मोरङ अध्यक्ष राजेन्द्र ढकाल र विद्यालयका प्रधानाध्यापक गोबिन्द गजुरेल लगायतले समेत बालदिवसको महत्वका बिषयमा बोल्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button