विराटनगरका किँरातीहरुद्धारा साकेला थानको सरसफाई

0
30

विराटनगर १६ मंसिर । भोली देखि सुरु हुन लागेको किरातहरुको महान पर्व उधौली पर्वको लागी विराटनगरका किरातीहरुले भव्य तयारीमा जुटेका छन् । किरात राई यायोख्खा नगर कार्य समिति र सुम्निमा साँस्कृतीक मञ्च विराटनगरले आज साकेला थानको सरसफाई गरेका छन् । किराँतीहरुले पुजापाठ गर्दै आएको विराटनगर १२ मा रहेका साकेला थानमा सरसफाई गरेका हुन् । भोली हुने उधौली पर्वको लागी किरातीहरुले एक जुट भई साकेला थान र चण्डि नाच्ने स्थानको सरसफाई गरेका हुन् । प्रकृति र पितृको पूजा गरि भोली देखि विराटनगरमा रहेका राई, लिम्बु, सुनुवार, याक्खा लगायत किरात समुदायको ठुलो चाड साकेला उधौली पर्व विराटनगरमा भव्यरुपमा सुरु हुदैछ । किरात समूदायले आफुले लगाएको अन्नबाली पाकेपछी आफ्नो कुल देवतालाई चढाएपछि मात्र खाने दिनलाई चाडको रुपमा मनाउने गरिएको किरात राई यायोक्खा प्रारम्भिक नगर कार्य समितिका अध्यक्ष विष्णु राईले जानकारी दिनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here