विराटनगरका चार घरमा चोरी

0
1010


विराटनगर, २८ बैशाख । विराटनगर ४ र ५ स्थित जामुनगाछीका चार घरमा गयराति चोरी भएको छ । विराटनगर ४ का प्रकाश पोद्धार, ललित कार्की, विराटनगर ५ का जयनाथ यादव र रामसागर राउतको घरमा चोरी भएको प्रहरीले जनाएको छ । पोद्धारको घरबाट १५ हजार रुपैयाँ नगद र चाँदीका गरगहना चोरी भएको छ । त्यस्तै यादवको घरबाट डेढ तोला सुन, ३० तोला चाँदी र कार्कीको घरबाट एक लाख रुपैयाँ नगद र सुनचाँदीका गरगहना चोरी भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी योगेन्द्रसिंह थापाले बताउनु भयो । उहाँका अनुसार यादवका परिवारका सदस्य घरमा कोही पनि नभएकाले कति धनमाल चोरी भयो भन्ने बारेमा यकिन हुन सकेको छैन । जामुनगाछीमा राति साढे २ बजे सम्म प्रहरीले गस्ती गरिरहेका कारण त्यसपछि घटना भएको हुन सक्ने अनुमान गरिएको थापाले बताउनु भयो । चोरीमा संलग्नहरुको पहिचान हुन नसकेको र घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY