Tune to BFM 91.2|Biratnagar

विराटनगरका बैकले चार घण्टा सेवा दिने

विराटनगर, ८ जेठ । विराटनगर क्षेत्र भित्रका बैंक तथा वित्तीय संस्थाले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म दिनको ४ घण्टा सेवा दिने भएका छन् ।

आज बसेको बैठकमा विराटनगरका बैंक तथा वित्तीय संस्थाले दिनको ४ घण्टा सेवा दिने निर्णय गरिएको हो । सेवा कसरी दिने भनेर कार्यतालिका बनाउन नेपाल राष्ट्र बैंक विराटनगरका प्रमुख रोशन सिग्देल, बैंकर्स एसोसिएसन विराटनगरका संयोजक निश्चल अधिकारी र महानगरपालिकाका अधिकृत राजेन्द्र प्रधान सहितको तीन सदस्यीय समिति बनाइएको छ ।

विराटनगरमा एक बैंकका शाखा एकभन्दा बढी ठाउँमा भएकाले कार्यतालिका बनाएर पालो लगाई खोल्न लागिएको बताईएको छ । बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणलाई सेवा दिँदा व्यक्तिगत दूरी कायम गर्नुपर्ने र थर्माेमिटरको प्रयोग अनिवार्य गर्नुपर्ने निर्णय गरिएको छ ।

विराटनगरमा २७ वटा वाणिज्य बैंक, ४ वटा फाइनान्स कम्पनी र १० वटा विकास बैंकका शाखा सञ्चालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button