Tune to BFM 91.2|Biratnagar

विराटनगरका युवाहरूले मागे दस अर्बको हिसाब

विराटनगर २९ जेठ । कोरोना भाईरस महामारीको जोखिम न्यूनिकरण गर्न नेपाल सरकारले खर्च गरेको १० अर्व कहाँ गयो भन्दै विराटनगरका युवाहरुले जिल्ला प्रशासन कार्यालय मोरङमा धर्ना दिएका छन् ।

प्रदेश नम्बर १ को राजधानी विराटनगरमा विभिन्न संघसंस्थामा आवद्ध रहेका युवाहरुले आज जिल्ला प्रशासन कार्यालय मोरङको प्रवेशद्वारमा नेपाल सरकारले १० अर्व खर्चको विषयलाई लिएर धर्ना दिएका हुन् ।

विराटनगरका अधिकांश युवाहरुले प्रशासन प्रवेश द्वार अगाडी कोरोना कोषको १० अर्व खोइ ? आरडिटि परिक्षण खारेज गरी पिसिआर लागू गर, जनता भोकले मर्ने राष्ट्रपति गलैंचा फेर्न पाइन्न, सुविधा युक्त क्वारेन्टाइन निर्माण गर, भ्रष्टाचार बन्द गर र जनताले तिरेको करले २ करोडको गाडी मन्त्रीले किन्न पाइन्न लगायतका नारा लगाउदै नाराबाजी समेत गरेका थिए ।

युवाहरुले सरकारले झुक्याउन खोज्नु सरकारको अहमता रहेको र सरकारले जनतालाई अब धेरै सास्ती दिन नहुने भन्दै दोस्रो चरणको राहत वितणलाई निरन्तरता दिन सरकारसंग आग्रह गरेकाछन ।

जिल्ला प्रशासन कार्यालय गेटअगाडी एक घण्टा सम्म युवाहरुले नाटकीय रुपमा सुतेको सरकारको अभिनय समेत गरेका थिए ।

युवाहरुको विरोध शान्त गर्न धर्नास्थल पुग्नु भएका मोरङका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले युवाहरुले राखेको मागलाई तत्कालै सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता जनाउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button