Tune to BFM 91.2|Biratnagar

विराटनगरकी ९० वर्षीया बृद्धा कोरोना मुक्त भएर डिस्चार्ज

विराटनगर, २१ साउन । प्रदेश १ बाट ९० वर्षीया बृद्धा कोरोनामुक्त भएकी छिन् । अस्पताल भर्ना भएको १० दिन पछि स्वाव परीक्षण गर्दा नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको छ ।

विराटनगर ६ की ९० वर्षीया मधुदेवी भट्टराई साउन १० गते कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा भर्ना हुनु भएको थियो । उहाँले छोटो समयमै कोरोनालाई पराजित गर्न सफल भएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा।चुमनलाल दासले बताउनुभयो । बृद्धामा मधुमेह, उच्चरक्तचाप र नसा संवन्धि रोगबाट पीडित रहेकोे डाक्टर दासले बताउनुभयो ।

कोरोनामुक्त भएपछि भट्टराईले आँफु ठिक भएको बताउनुभयो । उहाँसँगै बुहारी पनि डिस्चार्ज हुनुभएको छ। बृद्धासँगै छोरा, बुहारी र नातीमा पनि संक्रमण देखिएको थियो । छोरा र नाती उपचाररत छन् । कोरोना मुक्त भएकी बृद्धा लगायत विराटनगरबाट डिस्चार्ज भएका २१ जनालाई सामाजिक विकास मन्त्री घिमिरेले विदाई गर्नुभएको थियो ।

प्रदेश १ बाट सवैभन्दा बढी ९० वर्षकी बृद्धा र सवै कम उमेरकी विराटनगर १० की ८ महिने बालिका असार १५ गते डिस्चार्ज भएको स्वास्थ्य कार्यालय मोरंगका प्रमुख ज्ञानबहादुर बस्नेतले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button