Tune to BFM 91.2|Biratnagar

विराटनगरको रानी नाका खुल्ला

विराटनगर, २७ साउन । कोभिड–१९ संक्रमणको जोखिम बढ्दै गएपछि भारतसँग सीमा जोडिएको मोरङका सहायक नाकाबाट हुने आउजाउलाई कडाई गरेर विराटनगर रानी नाका खुल्ला गरिएको छ । मुख्य नाकामा कडाई गर्दा सहायक नाकाबाट अवैध कारोबारदेखि लुकिछिपी आउजाउ बढेको भन्दै स्थानीय प्रशासनले औपचारिक रुपमै रानी नाकाबाट आउजाउ खुल्ला गरेको हो ।मोरङमा यात्री आउजाउ गर्ने एकमात्रै नाका रानी मात्रै हो ।

मालवस्तु ढुवानीसँगै यात्रु आउजाउ गर्ने रानी नाकाबाट भन्सार कार्यालय बुधनगर सरेपछि केहि समस्या भएको थियो । कोरोना संक्रमणसँगै मुख्य नाकाबाट आउजाउ बन्द गरिएपछि सहायक नाकाबाट आउजाउसँगै अवैध कारोबार बढ्दै गएको थियो ।मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले सहायक नाकाबाट आउजाउमा कडाई गरेर मुख्य नाकाबाट प्रवेश गराउने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button