विराटनगरको वजेट ४ अर्व ४७ करोड

0
203

विराटनगर, १० असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि ४ अर्व ४७ करोडको वजेट प्रस्तुत गरेको छ । वजेटले भौतिक पूर्वाधार विकासलाई बढी प्राथमिकता दिएको छ । प्रस्तुत बजेटको ७२ दशमलव ७१ प्रतिशत वजेट भौतिक पूर्वाधारका लागि छुट्याईएको छ । सामाजिक विकास, महिला तथा बालबालिका, स्वास्थ्य, शिक्षा, कृषि तथा पशुपंक्षि कार्यक्रमका लागि १३ दशमलव ९६ प्रतिशत बजेट विनियोजन गरिएको छ । दोश्रो नगरसभा बैठकमा आगामी आर्थिक वर्षका लागि महानगरपालिका तर्फ २ अर्व ५२ करोड ८३ लाख ४९ हजार र मझौला शहर एकिकृत बहरी वातावरणीय सुधार परियोजना तर्फ १ अर्व ९४ करोड २५ लाख गरि ४ अर्व ४७ करोड ८ लाख ४९ हजारको बजेट महानगरपालिकाका प्रमुख भीम पराजुलीले प्रस्तुत गर्नु भएको हो । प्रस्तुत गरिएको अनुमानित रकम मध्ये महानगरपालिकाको आन्तरिक श्रोतबाट ५४ करोड ३ लाख, राजश्व बाँढफाँडबाट ३७ करोड ५ लाख ४ हजार, संघिय र प्रदेश सरकार वित्तिय समानिकरण अनुदान ५३ करोड ८७ लाख ९५ हजार रुपैयाँ रहेको महानगर प्रमुख पराजुलीले बताउनुभयो । संघिय सरकार शशर्त अनुदान विषयगत कार्यालय तर्फ ४४ करोड ९६ लाख, संघिय सरकार समपुरक र विशेष अनुदान १० करोड, संघिय सरकार शशर्त अनुदान ३६ करोड १५ लाख , वैदेशिक र अन्य संघ संस्था अनुदान ४ करोड ४६ लाख ५० हजार, जनसहभागिताबाट ३ करोड ५० लाख नगर विकास कोष ऋण सहयोग १ करोड ८० लाख र नगरपालिका मौज्दात ७ करोड समेत गरि २ अर्व ५२ करोड ८३ लाख ४९ हजार आय हुने अनुमान गरिएको प्रमुख पराजुलीले बताउनुभयो । आर्थिक वर्ष २०७५/०७६ मा विनियोजित कुल खर्च मध्ये नगरपालिकाको चालु खर्चका लागि ३३ करोड ६८ लाख ५२ हजार विनियोजन गरिएको छ । जुन रकम कूल अनुमानको ७ दशमलव ५३ प्रतिशत हुन आउँछ । संघिय सरकार सामाजिक सुरक्षा भत्ता २० करोड, भौतिक पूर्वाधार निर्माणका लागि ३ अर्व २५ करोड ३ लाख विनियोजन गरिएको छ । महानगरपालिकाले प्रस्तुत गरेको नीतिले सुशासन, लैगिकमैत्री एवं सामाजिक समावेशीता, शिक्षा, स्वास्थ्य, कृिष, वातावरणमैत्री, विपद् व्यवस्थापन र गरिवी निवारणलाई प्रमुख आधार बनाएको प्रमुख पराजुलीले बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here