विराटनगरमा आजदेखि सुरु भएको भारतीय शैक्षिक मेलामा विद्यार्थीको आकर्षण

0
119

बैशाख २८ । बिराटनगरमा बिद्यार्थीहरुको लागि ‘बृहत भारतीय शैक्षिक मेला २०१८’ आजदेखि सुरुभएको छ ।वाईड रेन्ज कन्सलटेन्सीको सहयोगमा आज शुत्रबारदेखि भोली शनिबार सम्म बृहत भारतीय शैक्षिक मेला सुरु भएको छ ।आज विहान १० बजेदेखि सुरु भएको बृहत भारतीय शैक्षिक मेलामा विद्यार्थीहरुको घुईचो रहेको छ । बिराटनगरको नमस्कार होटेलमा आयोजना गरिएको मेलामा २ हजार बढीले शैक्षिक परमर्स लिने वाईड रेन्ज कन्सलटेन्सीका डाईरेक्टर विजय दङगालले जानकारी दिए । मेलामा भारतका बिभिन्न विश्वबिद्यालयबाट दक्ष तथा अनुभवी प्राप्त प्रतिनिधि आएर शैक्षिक परामर्श दिने काम भईरहेको छ । मेलामा म्यानेजमेन्ट, इन्जीनियरिंङ, नर्सिङ तथा मेडिकल लगायतका कोर्षकोबारेमा जानकारी लिईरहेका छन् ।भारतको २० वटा सरकारी तथा निजी विश्वविद्यालय र कलेजहरु सहभागी छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here