Tune to BFM 91.2|Biratnagar

विराटनगरमा आज १३ संक्रमित थपिए

विराटनगर, २२ साउन । विराटनगरमा कोरोना भाइरसका १३ जना नयाँ संक्रमित थपिएका छन् । कोशी अस्पतालको प्रयोगशालमा स्वाब परीक्षण गराउँदा पाँच महिला र आठ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

नयाँ संक्रमित विराटनगर महानगरपालिका–२, ६, ७, ८, १०, ११, र १३ वडाका छन् । उनीहरुको रिपोर्ट गयराति प्राप्त भएको हो । महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले उल्लेखित ठेगाना र नामको संक्रमित पहिचान र खोजिका लागि आज बिहानबाटै टोली खटिएको बताउनु भयो ।

बेलुका ढिलो गरि रिपोर्ट आएको हुदाँ महानगरको टोली आज बिहानैबाट संक्रमित व्यवस्थापनका लागि खटिएको उहाँले बताउनुभयो । संक्रमित मध्ये तीन पुरुष र एक महिलाको उमेर खुलेको छैन ।

अरु २४ देखि ६० वर्ष उमेरसम्मका छन् । नयाँ १३ जना थपिएसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या एक सय ८३ पुगेको छ । महानगरपालिकाभित्र वडा नम्बर ५ र वडा नम्बर ९ का दुई संक्रमितको मृत्यु भएको छ ।

प्रदेश २ बाट उपचारका लागि ल्याइएका दुई जनासहित प्रदेश १ मा मृत्यु भएको संख्या छ पुगेको छ । प्रदेश २ का दुई जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button