Tune to BFM 91.2|Biratnagar

विराटनगरमा आज २५ जना संक्रमित थपिए

विराटनगर, ३१ साउन । विराटनगरमा आज २५ जना संक्रमित थपिएका छन ।

कोशी अस्पताल विराटनगर को ल्यावमा परिक्षण गरीएको स्वावमा ८ महिलासहित थप २५ जना संक्रमण पुष्टि भएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।

नयाँ थपिएका संक्रमितहरु ८ वर्षदेखि ६६ वर्ष उमेर समूहका रहेकाछन् । कार्कीका अनुसार विराटनगर १ का एकजना, विराटनगर ३ का पाँचजना, विराटनगर–५ का दुईजना सक्रमित थपिएका छन् ।

त्यस्तै विराटनगर–६ मा पाँचजना ,विराटनगर–८ मा एकजना, विराटनगर ९ मा दुई जना, ११ नम्बर वडामा एकजना, १३ मा एकजना, वडा नम्बर १५ मा एकजना, वडा नम्बर १६ मा तीनजना र वडा नम्बर १७ मा दुईजना कोरोना संक्रमित थपिएको कार्कीले बताउनुभयो ।

योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ४६७ पुगेको छ ।संक्रमितमध्ये ६ जनाको मृत्यु भइसकेको छ । ७६ जना कोरोना संक्रमीत निको भएर घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button