Tune to BFM 91.2|Biratnagar

विराटनगरमा झापाका २ संक्रमितको मृत्यु

विराटनगर, १४ कात्तिक । नोबेल अस्पताल विराटनगरमा झापाका दुई कोराना संक्रमितको मृत्यु भएको छ । आज दिउँसो झापा गौरादह नगरपालिका–१ सितापुरीका ८६ वर्षीय बृद्ध र शुक्रबार बिहान शिवसत्ताक्षी नगरपालिकाका ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।

गौरादहका बृद्धालाई बुधबार निमोनियाको समस्या देखिएपछि आफन्तले अस्पताल भर्ना गरेका थिए । मृतक बृद्धाकी नातिनी रन्जिता खनालका अनुसार निमोनियाले ग्रसित हजुरबुबामा बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो । आज उपचारकै क्रममा उहाँको मृत्यु भएको हो ।

यसैगरी शिवसत्ताक्षीका ५० वर्र्षीय पुरुषमा समेत निमोनिया देखिएपछि १२ कात्तिकमा नोबेलमा भर्ना गरिएको नोबेल हस्पिटलका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो । उनलाई सोही दिन कोरोना पाजेटिभ देखिएको थियो । आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा आज बिहान करिब ८ बजे मृत्यु भएको दाहालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button